बुद्धको सुनको मुर्ती भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ

काठमाण्डौ । महानगरीय प्रहरी बृत्त बलाजुले बुद्धको सुनको मुर्ती भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
गोर्खा दरबारको आठ किलोको बुद्धको सुनको मुर्ती भन्दै साठी लाखमा बार्गे्निङ गर्दा गर्दै ४ जनालाई बालाजु बृत्तले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख उत्तम सुवेदका अनुसार प्रहरीको विषेश टोलीले गोर्खा दरबारको आठ किलोको बुद्धको सुनको मुर्ती भन्दै बार्गेनीङ गर्दे गर्दा ४ जनालाई नियन्त्रणमा लिई पक्राउ गरि थप अनुसन्धान गरिरहेका छौं,।
प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ पर्नेमा,रामेछाप मन्थलीका ३२ बर्षिय बसन्त श्रेष्ठ, बर्दिबास ८, महोत्तरी का २० बर्षिय अनिल बानिया, भिमेश्वर १ दोलखाका ५२, बर्षिय रामराज सिबाकोटी, माज्कोट २ तनहुका २३ बर्षिय मीन बहादुर कुवर रहेको बताए ।