• ट्रेण्डिङ :

दहचोक कालुपाँडे क्षेत्रमा खुकुरी देखाई लुटपाट एक पक्राउ

दहचोक कालुपाँडे क्षेत्रमा खुकुरी देखाई लुटपाट एक पक्राउ

cnewsnepal

शनिबार, साउन १२ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाण्डौं । दहचोकको कालुपाँडे विन्दाँवासिनी क्षेत्रमा खुकुरी देखाई लुटपाट गर्न खोजेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरिक्षक एम बहादुर थापाको नेतृत्वको टोलीले दुई  थान खुकुरी र गरगहना सहित एक जनालाई कंलकी क्षेत्रवाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी नवराज अधिकारी अनुसार केहि व्यक्तिको समुहले चन्द्रागिरि १ दहचोक कालुपाण्डेमा खुकुरी देखाई लुटपाट भयो भने सुचना प्राप्त हुना साथ प्रहरी परिचालन गरिएको बताए ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्वर ७ घर भई कंलकी वस्ने वर्ष ५६ को रामबहादुर लामा छन् । एसपी अधिकारीले लुटपाट गरि नागर्जनको हर्सनटार हुदै कंलकी तर्फ आउदै गरेका तिन जनाको समुह प्रहरी देख्ना साथ प्ररार भएका थिए । प्रहरीले एक जनालाई भने पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका लामाको साथवाट दुई थना खुकरी समेत बरामद गरेको छ । प्रहरीले लामाको साथवाट सुनका गरगहना बेरुवा औठी १ तोला ५८ लाल एक थान,बेरुवा औठी ६४ लाल एक थान,सिक्री ओठी ४२ लाल, कानको रिङ ३९ लाल,मुगा सहितको औठी ३४ लाल, पतथर सहितको औठी ५५ लाल,गोलो लकेट ५६ लाल,ब्रासलेट ९९ लाल,ब्रासलेट १ तोला ८९ लाल सिक्रीको टुक्रा २३ लाल, गरि करिव ११ लाख ७ हजार ७ सय को ७ तोला ६४ लाल सुन,१३ हजार ४ सय नगद, एक थान मोवाईल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार