१६ साउन, काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नम्बर (१७ पोडेटोल स्थित २ नम्बर गल्लीमा छिमेकी( छिमेकी बिच विवाद भई दारिलो हतियार प्रहार हुदाँ एक जनाको मृत्यु भएको छ । झडपमा खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३३ वर्षीय अनिल पुजारी छन् ।
प्रहरीका अनुसार ६ जना घाईते भएको र घटनामा संलग्न ४ पुरुष र ३ महिला धारिलो हतियार खुकुरी सहित ७ जना प्रहरी बृत लैनचौर सोह्रखुट्टे नियन्त्रणमा रहेको जनाएको छ ।
झडप हुँदा पोडेटोल घर भएका ५२ वर्षीय सुबिन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।
पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षका रबिन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी छन् ।
घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रहरी बताएको छ ।