चन्द्रागिरिमा १६ वर्षीय किशाेरीलाई जबर्जस्ती करणी गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
चन्द्रागिरि-१२ बलम्वु डम्वुटाेलस्थित एक घरमा बन्धक बनाई नाबालक करणी गरेकाे आराेपमा २९ वर्षीय युवालाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको हाे।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा तनहुँ घर भई चन्द्रागिरि- १२ बस्ने २९ वर्षीय सिमसन क्राइष्ट छन्।
प्रहरीले ती पीडित बालिकाले दिएको हुलिया विवरण अनुसारका युवाको खोजतलास गर्दै जाँदा डम्बुटोलकै एक घरमा भाडामा बस्दै आएका उनलाई शनिबार राति ११ बजे पक्राउ गरेकाे हाे।
प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बालिका अचेत अवस्था रहेकाे सुचना पाउना साथ १६ वर्षीया बालिका बेवारिसे अवस्थामा फेला पारी उद्वार गरी माईती नेपाल शाखा कार्यालय नागढुङ्गामा संरक्षणका लगि पठाएको बताए । उनले भने,” बालिकासँग सोधपुछ गर्दा अपरिचित व्यक्तिले ललाई फकाई गरी साउन ३० गते रातिदेखि आफुलाई बलम्बुस्थित डम्वु टोलस्थित कोठामा लगि जबरजस्ती करणी गरेको र कोठाबाट समेत बाहिर आउन नदिई थुनामा राखेको बयान दिएको थिईन ।
प्रहरीले ती पिढित बालिकाले दिएको हुलिया विवरण अनुसारका युवाको खोजतलाश गर्दै जाँदा डम्बुटोलकै एक घरमा भाडामा बस्दै आएका २९ वर्षीय क्राईस्टलाई शनिबार राति ११ बजे पक्राउ गरेकाे हाे । तनहुँ घर भएका ती युवामाथि प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ । सिमसन क्राईष्ट आफु गायक भएकाे बताएका छन् । पिडित बालिका माइती नेपालकाे संरक्षणमा प्रहरीले पठाईसकेकाे छ ।