• ट्रेण्डिङ :

कोटेश्वरबाट लागुऔषधसहित युवक पक्राउ

कोटेश्वरबाट लागुऔषधसहित युवक पक्राउ

cnewsnepal

सोमबार, भाद्र २४ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौंबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित झोलुंगे पुलनजिकबाट एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कञ्चनपुरको महेनद्रनगर कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय युवक छन्।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले पक्राउ परेका युवकको साथबाट ५ किलो पोलाइन्ड नामक लागूपदार्थ बरामद गरिएको जानकारी दिए।

ती युवकलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको पनि डिएसपी थाापाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार