• ट्रेण्डिङ :

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पोखराबाट पक्राउ

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पोखराबाट पक्राउ

cnewsnepal

शुक्रबार, भाद्र २८ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

बिहीबार पोखरास्थित श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उक्त फार्मेसीबाट लागुऔषध बिक्री हुने गरेको खुलेको छ ।

गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कील जनाएको छ।

रास्वपाबाट समानुपातिक सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेले तीन करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार