काभ्रे । काभ्रेको बनेपामा विदेशी नागरिक लुटपाटमा गर्ने ३ जनालाई बनेपा प्रहरीले पक्राउ गरेको छ ।
बनेपा नगरपालिका–६ गोसाइस्थानस्थित १६ सय सिढीमा घुम्न गएका २ जना विदेशी युवती लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी लालध्वज सुवेदीले विदेशी नागरिकलाई लुटपाट भयाे भने खवर प्राप्त हुनासाथ प्रहरीकाे क्यु.आर.टीकाे सहायताले आधा घण्टामै ३ जना पक्राउ गरिएको बताए ।
डिएसपी सुवेदीका अनुसार धुलिखेल अस्पतालमा इन्टर्नसिपका लागि आएका २ विदेशी युवतीलाई मंगलबार साँझ ३ जना युवाले लुटपाट गरे भागेका थिए ।मंगलबार साँझ बनेपा नगरपालिका–६ भ्यु टावरमा इभिनिङ वाकमा निस्केको अवस्थामा इटालियन नागरिक २८ वर्षीया मार्टिन फाल्चेट्टी र जर्मनी नागरिक २६ वर्षीया एलेक्स जेन्ड्रा लुटिएको खवर प्रहरीमा आएकाे थियाे । डिएसपी सुवेदीले भने,” ३ जनाकाे समुहले चक्कु देखाउँदै तर्साउदै लुटपाट गरेको प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।
विदेशी युवतीलाई चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान लुटेका थिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा–९ बस्ने वर्ष १७ को सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने वर्ष १६ को उज्वल दाहाल रहेका छन् ।
उनीहरुको साथबाट स्मार्ट वाच थान १, डेबिट कार्ड थान १,क्रडिट कार्ड थान १, गाजा ७२ ग्राम,धारिलो चक्कु थान २,घर तथा ढोका फोर्ने औजारहरु हटौडा थान१, सलाई रेन्चु थान १, फलामको डण्डी थान ,१ र,पिलास थान१, पेचकस थान बरामद गरेकाे छ ।