• ट्रेण्डिङ :

कलंकी क्षेत्र डुवानमा

कलंकी क्षेत्र डुवानमा

cnewsnepal

शनिबार, असोज १२ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । ठूलो वर्षाले कलंकीमा खोला नदी आसपासको बस्तीमा बाढी पसेको छ । बाग्मती नदीमा आएको बाढीले केही पुलको तलको भाग समेत छोपिएका छन् । बल्खुको तरकारी बजार पनि डुबेको छ ।

देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै धेरै नदीमा सतह बढेको छ ।

 अविरल वर्षासँगै आएको बाढीले कलंकी क्षेत्रमा डुबानको समस्या देखिएको हो ।

कलंकी मालपोत क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यसैगरी त्यहाँको प्रहरी प्रभग कलंकी कार्यालय समेत डुबानमा परेको छ ।

ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीले माइकिङ गर्दै आग्रह गरेको छ । कलंकी प्रहरी प्रभाग प्रमुख प्रहरी नायब निरीक्षक यमबहादुर थापाले स्थानीयलाई सचेत गराउँदै माइकिङ गरेका छन् ।

वर्षाको पानीले सडक जलमग्न बनेको छ भने कतिपयको घरभित्रैसम्म पानी पसेको छ । वाढीका कारण स्थानियमा त्रास छाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार