• ट्रेण्डिङ :

मोहनविक्रम सिंहको जलजला प्रेसमा, मंसिर १५ गते विमोचन

मोहनविक्रम सिंहको जलजला प्रेसमा, मंसिर १५ गते विमोचन

cnewsnepal

शनिबार, कार्तिक १० २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । वरिष्ठ साहित्यकार, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास ‘का. जलजला’ को विमोचन मिति निश्चित भएको छ ।

जलजला आगामी मंसिर १५ गते विमोचन गरिने सिंहकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।

पौडेलका अनुसार का. जलजलाको छपाई भोलि (कात्तिक ११) गतेदेखि जनशिक्षा गृहबाट हुँदैछ ।

पौडेलले युगदर्शनलाई दिनुभएको जानकारी अनुसार विमोचनका दिन ४० प्रतिशत छुटसहित पुस्तक उपलब्ध गराइने छ ।

पुस्तक लिन चाहने व्यक्ति वा विक्रेताहरूले ९८५११९८८१० मा फोन गर्न वा paudeldurga21@gmail.com मा इमेल गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार