काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले आधा केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
५०२ ग्राम सुनसहित कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाललाई बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुवाहक बसको अन्तिम सिटमा सवार ढकालको साथबाट आधा केजी सुन बरामद गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार