• ट्रेण्डिङ :

कुवेतमा युवती बेचेकाे आराेपमा २ जना प्रहरी फन्दामा

कुवेतमा युवती बेचेकाे आराेपमा २ जना प्रहरी फन्दामा

cnewsnepal

आइतबार, मंसिर ९ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


९ मंसिर, काठमाडौं । मासिक १२० केडी कमाई हुने भन्दै कुवेत पुर्याएर युवती बेचेकाे आराेपमा प्रहरी दुईजनालाई पक्राउ गरेकाे छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले युवतीकाे जाहेरीका अाधारमा दुई जनालाई पक्राउ गरेकाे हाेे ।

पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ छन् । । कुवेतमा पुर्याएर पुर्याएर ९०० केडी (३ लाख ९४ हजार ६६२) मा ती युवतीलाई उनीहरूले बेचेको पाइएको ब्यूरोका एसपी भावेश रिमालले बताए । पक्राउ परेका समुहले ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याएको र त्यहाँबाट कुवेत पु¥याई बेचबिखन गरेका थिए ।

त्यसपछि ती युवतीलाई यौन शोषण समेत भएको र त्यहाँबाट भागेर ती युवती कुवेत प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि कुवेत प्रहरीकै सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्केकी थिइन् ।

उनी नेपाल फर्के लगतै ब्यूरोमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार