• ट्रेण्डिङ :

नेपाली सेना र चन्द्रागिरि नगरपालिका ६ ले ग¥यो मातातिर्थमा बृक्षारोपन

नेपाली सेना र चन्द्रागिरि नगरपालिका ६ ले ग¥यो मातातिर्थमा बृक्षारोपन

cnewsnepal

शनिबार, असार २१ २०७६
पढ्न लाग्ने समय: < २ मिनेट


२१ असार काठमाण्डौं  काठमाण्डौको चन्द्रागिरिमा नेपाली सेना र चन्द्रागिरि नगरपालिका वडा नम्वर ६ ले बृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
चन्द्रागिरिको मातातिर्थका बिभिन्न स्थान मा बृक्षारोपन तथा सरसफाई कार्यक्रमहरु आयोजना गरिएको हो ।

स्थानियहरु बृक्षारोपनमा सहभागी हुदै ।

श्री जगदल छाउनी र चन्द्रागिरि नगरपालिका वडा नम्वर ६ को आयोजनामा मातातिर्थको शार्वजनिक स्थानमा फलफुल,धुपी,मसला प्रजातिका करिव तीन सय,पचास बोट बिरुवाहरु रोपेको श्री जगदल छाउनीका प्रमुख सेनानी चुलेन्द्र बहादुर थापाले बताए । प्रमुख सेनानी चुलेन्द्र बहादुर थापाका अनुसार रोपिएको वाटो विरुवाको संरक्षण नेपाली सेनालेनै गर्ने जानकारी गराए ।

प्रदेश सांसद बेली माया घलेले बिरुवा रोप्दा र सरसफाई गर्नाले मानिसको स्वास्थ्यलाई फाइदाजनक हुनुका साथै बनजङ्गल हराभरा हुने भएकाले सरसफाइ र बृक्षरोपन गरिएको बताईन । सांसद घलेले यस्तो कार्यमा सबैलाई सक्रियताका साथ लाग्न समेत अनुरोध समेत गरेकी छन् ।

प्रदेश सदस्य बेलीमायाँ घले नेपाली सेनाको टोली

त्यस्तै महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले सामुदायीक प्रहरी साझेदारी अन्तर्गत समाजको हरेक गतिविधिमा प्रहरी र स्थानीयहरुको प्रत्यक्ष सहभागीता रहने वताउदै वाताबरणीय सुन्दरताका लागि यस्ता गतिविधीले समाजमा शान्त हरावरा बनाउनेमा कुनै दुई मत रहेको प्रस्ट पारे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रुमुख कुमार बिक्रम थापा बृक्षारोपन गर्दे

चन्द्रागिरि नगरपालिका वडा नम्वर ६ का बडा अध्यक्ष सञ्जय सिग्देलले सामाजिक रूपान्तरणमा सधै अग्रसर हुँदै आईरहेको जानकारी गराउदै, हरियो स्वच्छ सफा नगरपालिका बनाउदै बाताबरण मैत्री नगरपालिका बनाउनेमा जोड दिए ।

बृक्षारोपनमा मातातिर्थ विकास संरक्षण समिति,महालक्ष्मी सामुदायी बन, स्थानिय बासी, आमा समुह लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार