• ट्रेण्डिङ :

काठमाडौंबाट केरूङ तिर लगिदै थियाे २५ कराेड

काठमाडौंबाट केरूङ तिर लगिदै थियाे २५ कराेड

cnewsnepal

मंगलबार, चैत्र ५ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


५ चैत,काठमाडौं ।  प्रहरीले करिब २५ करोड नगद सहित एक जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको हो ।

नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित एक जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । प्रहरीका अनुसार अमेरिकी डलर १ सय दरका ३ हजार १ सय उन्नाईस, अमेरिकी डलर ५० दरका १ सय उनान्असी,युराे ५०० दरका ११ थान,युराे २०० दरका ४८० थान,युराे १०० दरका ४१४८ थान,युराे ५० दरका १७१७७ माेवाईल २ थान बरामद भएकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला भाेटेकाेशी गाँउपालिका वडा नम्बर १ हाल काठमाडौं गाेकर्णेश्वर नपा वडा नम्बर २बस्ने  वर्ष ४३ का कुसाङ लामा छन् ।

डीएसपी  अनिल घिमिरे नेतृत्वको टाेली पहिलाे पटक यति धेरै रकम सहित पक्राउ गरेकाे हाे । प्रहरी स्राेत अनुसार उक्त रकम सुन खरिद गर्न केरूङ नाका तिर लान खाेजिएकाे आशंका गरिएकाे छ ।

काठमाडौँको झोर महाकाल क्षेत्रबाट साेनी ट्राभलकाे ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित एक जना पक्राउ परेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार