बम बनाउन प्रयोग गरिने कच्चा पदार्थ फेला

सुर्खेत, २१ असार  प्रहरीले बम बनाउन प्रयोग गरिने कच्चा पदार्थ फेला पारेको छ । प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा चिङगाड गाउँपालिका ७ काँडास्थित मध्यलोक मार्गबाट बम बनाउन प्रयोग गरिने कच्चा पदाथ फेला पारेको हो ।
प्रहरी प्रबक्ता डिआइजी विश्व पोखरेलका अनुसार विष्फोटक पदार्थ बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक २ केजी, सेफ्टी फ्युज ८ थान, डेटकड अन्दाजी १ मिटर र केप ६० थान प्रहरीले फेला पारी बरामद गरेको बताए ।
प्रहरी प्रबक्ता डिआइजी पोखरेलका अनुसार प्लाष्टिकको बोरामा लुकाई राखेको अवस्थामा ती सामानहरु फेला पारी जानकारी दिए ।
प्रहरीका अनुसार सामान राख्ने व्यक्तिहरूको खोजी कार्य भईरहेको जनाएको छ ।