• ट्रेण्डिङ :

सात किलोग्राम विदेशी गाँजासहित भारतीय नागरिक पक्राउ

सात किलोग्राम विदेशी गाँजासहित भारतीय नागरिक पक्राउ

cnewsnepal

मंगलबार, चैत्र ५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ, ५ चैत । नेपाल प्रहरीले सात किलोग्राम ५०० ग्राम गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका लागु औषध टोलीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव निरीक्षक (सई) विचित्र मगर सहित चेकजाँचका क्रममा लागूऔषधसहित एक भारतीय महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र मुम्बई ठेगाना भएकी ४५ वर्षीय गुलनाज बैग रहेकी छन् । व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले थाइ एयर एशियाको विमानमार्फत भैरहवा आएकी बैगलाई अध्यागमनको चेकजाँच सकेर बाहिर निस्किँदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ उनले सुटकेशभित्र खाने मस्यौरा जस्तै बनाएर प्लाष्टिकले बाहिरबाट प्याक गरि उक्त गाँजा राखेर ल्याएको प्रहरीले बताएको छ । प्रक्राउ परेकी बैगलाई बरामद भएको गाँजासहित थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार