• ट्रेण्डिङ :

१ सय ५० केजी गाँजा सहित चार जना पक्राउ

१ सय ५० केजी गाँजा सहित चार जना पक्राउ

cnewsnepal

बुधबार, चैत्र १३ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


१३ चैत,बारा सिमरा । इलाका प्रहरी कार्यालय सिमराको टोलीले १ सय ५० केजी अवैध लागुऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ।

डिएसपी सुभद्रा वाईवा नेतृत्वको विशेष अपरेशन अन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

गाँजा ओसारपसारको क्रममा पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ चकरीका बुद्ध लामा, वडा नं. ८ का नन्दकिशोर, वीर बहादुर डम्बा तथा मकवानपुर उपमहानगरपालिका वडा नं. १५ रातोमाटीका सोमलाल पाख्रीन रहेका छन्।

प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साको संयुक्त टोलीले गएराति करिब १:४५ बजे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ औराहा स्थित दुधौरा खोलाबाट उनीहरूलाई पक्राउ गरेको हो।

विशेष अपरेशनमा गाँजा बरामद
पक्राउ परेका चार जना टाउकोमा बोरा बोकेर गाँजा ओसारपसार गर्दै थिए। उनीहरू खोलैखोला हुँदै रतनपुरबाट बकुलिया जाँदै गर्दा प्रहरीको निगरानीमा परेका थिए। प्रहरीले ६ वटा बोरामा राखिएको १५० किलो ग्राम गाँजा बरामद गरेको छ।

हाल पक्राउ परेका अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार