• ट्रेण्डिङ :

काठमाडौं उपत्यकामा मोबाइल लुटपाटमा संलग्न समूह पक्राउ

काठमाडौं उपत्यकामा मोबाइल लुटपाटमा संलग्न समूह पक्राउ

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


८ बैशाख,काठमाडौं । उपत्यकाको विभिन्न स्थानमा मोबाइल लुटपाट गर्दै हिँड्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका तीन जनाले ट्याक्सी चालक र सर्वसाधारणलाई निशाना बनाउँदै मोबाइल लुटपाट गर्दै आएको खुलेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्राप्त जानकारी अनुसार मिति २०८२ साल वैशाख ५ गते राति ३:४५ बजे काठमाडौं महानगरपालिका–३ बसुन्धारामा चितवनका प्रेम तामाङको ट्याक्सी (बा.२ ज. ३४५८) रोकी ‘ठमेल जानुपर्छ’ भन्दै मोबाइल मागेर फरार भएका दुई जनामध्ये एक जना शिखरजङ थापा भन्ने नवराज सुनुवार (१८ वर्ष), राज निष्ठ यादव (१८ वर्ष) र सुरेश ठाकुर हजाम (२७ वर्ष) लाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट बा.प्र.०२–०४६ प ४८५२ नम्बरको मोटरसाइकल, ओपो स्यामसुङ्ग र भिबाे ब्रान्डका तीन थान मोबाइल बरामद गरेको छ ।

अनुसन्धानको क्रममा उनीहरूले यसअघि पनि काठमाडौंका धुम्बराही पिपलबोट, साप्रेढु‌ङ्गा र ओम अस्पताल क्षेत्रबाट विभिन्न व्यक्तिहरूका मोबाइल लुटपाट गरेको स्वीकारेका छन्।

प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहरा भन्छन्: “मोबाइल लुटपाटका घटनाहरू पछिल्लो समय बढ्न थालेपछि सतर्कता बढाइएको थियो। प्रारम्भिक अनुसन्धानमा संलग्नहरू पेशेवर शैलीमा लुटपाटमा संलग्न रहेको पाइयो। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ र घटनामा संलग्न अन्य व्यक्ति भए खोजी भइरहेको छ।”

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले आम सर्वसाधारणलाई सतर्क रहन पनि आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार