८ बैशाख ,काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्र माघ महिनामा भएको हिंसात्मक आन्दोलनमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले झापाको अर्जुनधारा नगरपालिका ५ का ४८ वर्षीय ओमप्रकाश लुँइटेललाई पक्राउ गरेको छ।
लुँइटेल राजावादी आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न रहेको पुष्टि भएको छ, काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिल बोहराले जानकारी दिएका छन्।
हाल उनी काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धानमा परेका छन्। यस घटनामा संलग्न व्यक्तिहरूको संख्या ८३ पुगेको छ, जसमा ८ जना हाजिरी जमानीमा छुटेका छन्।
प्रतिक्रिया
सम्बन्धित समाचार