• ट्रेण्डिङ :

हेटौडामा गाईगोरु अवैध तस्करी! ट्रक चालक फरार, १५ पशु नियन्त्रणमा

हेटौडामा गाईगोरु अवैध तस्करी! ट्रक चालक फरार, १५ पशु नियन्त्रणमा

cnewsnepal

मंगलबार, बैशाख ९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


९ बैशाख ,मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ फरेष्ट्री क्याम्पस अगाडि पूर्व–पश्चिम राजमार्गमा गाईगोरुको अवैध ढुवानीमा प्रयोग गरिएको ट्रक नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय, सानोपोखरा हेटौडाबाट खटिएको टोलीले बिहान ५:०० बजे हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ख–१२२० नम्बरको आइचर ट्रक चेकजाँचका क्रममा रोकेको थियो।

ट्रक रोकेलगत्तै चालक सवारीसाधन छोडेर भागेपछि प्रहरी टोलीले ट्रकको जाँच गर्दा भेट्नरी कागजातविना अवैध रूपमा ढुवानी गरिएका ८ वटा गाई र ७ वटा गोरु फेला पारेको हो।

उक्त पशुहरूलाई नियन्त्रणमा लिई ट्रकसहित पशु सेवा केन्द्र कार्यालय, हेटौंडामा बुझाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने फरार चालकको खोजी कार्य पनि जारी रहेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार