• ट्रेण्डिङ :

हेटौंडा रातोमाटेमा २२५ बोतल लागुऔषध वनरेक सहित एक जना पक्राउ, सुमो गाडी समेत बरामद

हेटौंडा रातोमाटेमा २२५ बोतल लागुऔषध वनरेक सहित एक जना पक्राउ, सुमो गाडी समेत बरामद

cnewsnepal

मंगलबार, बैशाख ९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


९ बैशाख काठमाडौं । प्रहरी लागुऔषध वनरेक्स सहित एकजनालाई पक्राउ गरेकाे छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा लागूऔषध वनरेक्स सहित एक जनालाई पक्राउ गरेको हाे ।

पूर्व–पश्चिम लोकमार्ग हुँदै काठमाण्डौंतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमो गाडीलाई शंका लागि जाँच गर्दा, गाडीको छतमा रहेको जगेडा टायर भित्र प्वाल पारी लुकाइ छिपाइ राखिएको अवस्थामा वनरेक्स १०० एमएलको २२५ बोतल फेला परेको प्रहरीले जनाएको छ ।

स्पियर टायर भित्र लुकाईएकाे अवस्थामा बरामद

पक्राउ पर्नेमा गाडी चालक पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ निवासी २४ वर्षीय मुम्ताज मिया छन् ।

प्रहरी उनलाई लागुऔषध नियन्त्रण सम्बन्धी मुद्दामा सम्मानित मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार