• ट्रेण्डिङ :

गोरु सहितको ट्रक नियन्त्रणमा, चार जना पक्राउ

गोरु सहितको ट्रक नियन्त्रणमा, चार जना पक्राउ

cnewsnepal

बुधबार, बैशाख १० २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१० बैशाख,हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–०३, बसामाडीस्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा प्रहरीले गोरु लोड गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चितवनतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ३४११ नम्बरको ट्रक जाँच गर्दा भेटेरिनरी कागजात नभएका २२ वटा गोरु फेला परेको हो।

ट्रकमार्फत अवैध रूपमा गोरु ढुवानी भइरहेको पाइएकोले ट्रक चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–४ निवासी २५ वर्षीय सुरज परियार, २४ वर्षीय कुशल परियार, धादिङको सिद्धलेक गाउँपालिका–२ निवासी २६ वर्षीय ट्रक चालक गणेश मगर, र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ निवासी ५६ वर्षीय जितु यादव रहेका छन्।

नियन्त्रणमा लिइएका व्यक्तिहरू र गोरुहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि पशु सेवा केन्द्र कार्यालय हेटौंडा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार