• ट्रेण्डिङ :

“११ वर्षपछि पक्राउ: चीनको डान्सबारमा बालिका बेचबिखन गर्ने फरार प्रतिवादी आशिष नेपाली पक्राउ”

“११ वर्षपछि पक्राउ: चीनको डान्सबारमा बालिका बेचबिखन गर्ने फरार प्रतिवादी आशिष नेपाली पक्राउ”

cnewsnepal

बुधबार, बैशाख १० २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


११ वर्षअघि चीनको डान्सबारमा नेपाली बालिका बेचबिखन गरेको आरोपमा फरार रहेका आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।

ब्युरोका अनुसार उनले २०७० सालमा कालीमाटी (ढ) क्षेत्रकी एक बालिकालाई प्रेमजालमा पारी चीनको लिपिङमा काम गर्ने भनेर भेटघाटका लागि बोलाई तातोपानीसम्मको यातायातको व्यवस्था गरी चीनको खासास्थित छिरिङ डान्सबारमा लगेर रु १८,००० मा बेचबिखन गरेका थिए।

उक्त घटनाको जाहेरी २०७१ सालमा दर्ता भए पनि आशिष त्यसबेलादेखि फरार थिए। उनलाई खोजतलास गर्ने क्रममा २०८२ साल वैशाख ९ गते काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार, हाल काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रतिवादीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार