• ट्रेण्डिङ :

धारिलो हतियार (खुँडा) प्रहार गरी शिक्षक घाइते बनाउने विद्यार्थी पक्राउ

धारिलो हतियार (खुँडा) प्रहार गरी शिक्षक घाइते बनाउने विद्यार्थी पक्राउ

cnewsnepal

आइतबार, बैशाख २१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२१ बैशाख,दाङ । दाङको तुलसीपुरमा एक विद्यार्थीले शिक्षकमाथि धारिलो हतियार खुँडाले प्रहार गरी घाइते बनाएका छन्।

तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल बोर्डिङ स्कुल नजिकै हिमाल एकेडेमीमा कार्यरत ३७ वर्षीय शिक्षक बिशेष श्रेष्ठमाथि सोही स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुरेश सुनारले आक्रमण गरेका हुन्।

सुनारले अचानक बाँया कुम र दुबै हातको पाखुरामा खुँडाले प्रहार गर्दा श्रेष्ठ घाइते भएका थिए। घटनापछि प्रहरी टोलीले घाइतेलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पठाएको छ।

प्रहरीका अनुसार, घटनापछि फरार रहेका सुरेश सुनारलाई तुलसीपुर–४ हलुवारस्थित सडकबाट नियन्त्रणमा लिइएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार