• ट्रेण्डिङ :

स्रोत नखुलेको ९५ लाख बढी नगदसहित ४ जना पिङ्गलास्थानबाट पक्राउ

स्रोत नखुलेको ९५ लाख बढी नगदसहित ४ जना पिङ्गलास्थानबाट पक्राउ

cnewsnepal

आइतबार, बैशाख २१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२१ बैशाख,काठमाडौं । काठमाडौंको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि शंकास्पद अवस्थामा रहेका ४ जना व्यक्तिलाई प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय नगदसहित पक्राउ गरेको छ।

उनीहरू दुईवटा मोटरसाइकलमा सवार अवस्थामा रहेका थिए।

प्रहरीले उनीहरूको साथमा रहेको झोला जाँच गर्दा ठूलो परिमाणको रकम फेला पारेको हो।

रकमको कुनै स्पष्ट स्रोत खुलाउन नसकेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

पक्राउ परेकामध्ये २९ वर्षीय समुन्द्र जमकट्टेल काठमाडौंको तार्केश्वर–३ फेदीका हुन् भने ४३ वर्षीय गणेश राई सप्तरीको सप्तकोशी–१, ३१ वर्षीय सन्तोष गुरुङ लमजुङको दोदी–३ र ३९ वर्षीय सन्तोष घिमिरेको स्थायी ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार,”शंकास्पद अवस्थामा भेटिएका चारै जनाको साथबाट स्रोत खुल्न नसकेको ठूलो परिमाणको रकम फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले रकमको विश्वसनीय विवरण दिन नसकेकोले थप अनुसन्धान भइरहेको छ।”

प्रहरीले उक्त घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार