• ट्रेण्डिङ :

झापाको कनकाईमा प्रहरीको हवाई फायर, दुई सय ग्राम ब्राउनसुगर बरामद

झापाको कनकाईमा प्रहरीको हवाई फायर, दुई सय ग्राम ब्राउनसुगर बरामद

cnewsnepal

मंगलबार, बैशाख २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२३ बैशाख ,झापा झापाको कनकाई नगरपालिकाबाट प्रहरीले हवाई फायर गर्दै प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको छ।

झापाको कनकाई–५ स्थित सुरुङ्गा–झापा सडकखण्डमा शरणामतिबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलको झोलाबाट करिब दुई सय ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरी टोलीले आज बिहान करिब ८ः४० बजे उक्त मोटरसाइकललाई रोकेर जाँच गर्न खोज्दा चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए। प्रहरीले रोक्न खोज्दा ती व्यक्ति फरार भएपछि ३०३ नम्बर राइफलबाट दुई राउण्ड हवाई फायर गरिएको प्रवक्ता खड्काले बताए।

फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार