२३ वैशाख, काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति इलाम नगरपालिका–६ निवासी २४ वर्षीय विवेक गुरूङ हुन्। उनलाई मंगलबार बिहान लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गुरूङ मोरङबाट काठमाडौं आउँदै गरेको बा.प्र.–०३–००१ ख १३६४ नम्बरको यात्रुबाहक बसमा सवार थिए।
विशेष सूचनाका आधारमा निगरानी गर्दै आएको प्रहरी टोलीले बस जाँच गर्ने क्रममा उनको साथबाट ५ ग्राम ब्राउन सुगर फेला पारिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार