२४ बैशाख,बुटवल । जिल्ला रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १० राजमार्ग चौराहामा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, इलाका प्रहरी कार्यालय बुटवल, र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले सो क्षेत्रमा चेकजाँच गर्दा कास्की पोखरा महानगरपालिका वडा नं. ३१ का ३२ वर्षीय सागर नेपाली र स्याङजा पुतलीबजार नगरपालिका वडा नं. ९ का २३ वर्षीय सुजित नेपालीलाई पक्राउ गरेको हो।
उनीहरू चढेको सवारी साधनको डिक्कीबाट लागुऔषध बुप्रेनोर्फिन ५० सिसी, फेनरगन ५० सिसी, र डाइजेपाम ५० सिसी फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि सम्मानित रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले म्याद थप गरी इलाका प्रहरी कार्यालय बुटवलबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।