• ट्रेण्डिङ :

काठमाडौंमा लागुऔषध कारोबारमा संलग्न एक जना पक्राउ

काठमाडौंमा लागुऔषध कारोबारमा संलग्न एक जना पक्राउ

cnewsnepal

आइतबार, बैशाख २८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२८ बैशाख,काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले लागुऔषध कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१३, बाफलस्थित सडक किनारामा रोकी राखिएको बा ९७ प ५९४२ नम्बरको स्कुटरमा सवार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१२, टेकु बस्ने १९ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपील राज बोहराले प्रहरीको सूचनाका आधारमा खटिएको टोलीले श्रेष्ठलाई लागुऔषध कारोबारको आरोपमा पक्राउ गरेको बताए । पक्राउ परेको श्रेष्ठसँग प्रहरीले लागुऔषध नाइट्राजेपाम १,००० ट्याबलेट, ट्रामाडोल ८८ क्याप्सुल, बा ९७ प ५९४२ नम्बरको स्कुटर, नगद १६ हजार रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको छ।

प्रहरीका अनुसार, पक्राउ परेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपील राज बोहराले लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही हुने बताउँदै यस प्रकारका अपराध नियन्त्रणमा प्रहरी सधैं सचेत र सक्रिय रहेको उल्लेख गरे।

 

प्रतिक्रिया
सम्बन्धित समाचार