३१ बैशाख,काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं २४ मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको चार तले माटो र काठले बनेको घरमा ग्याँस लिक भई आगलागी भएको छ।
आगलागीका कारण छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत आगो सल्किएको हाे ।
मानविय क्षति नभए पनि घटनामा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी नायब उपरीक्षक (प्रनाउ) कृष्ण कुमार चन्दको कमाण्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रका दुई, नेपाल आर्मीको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक, र बालाजु औद्योगिक क्षेत्रको एक गरी जम्मा ६ वटा दमकल परिचालित छन्।
हालसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।