• ट्रेण्डिङ :

युवतीको हत्या गर्ने पूर्व सैनिक नागढुङ्गावाट पक्राउ

युवतीको हत्या गर्ने पूर्व सैनिक नागढुङ्गावाट पक्राउ

cnewsnepal

बुधबार, बैशाख ३१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


३१ बैशाख,काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले हत्यामा संलग्न भई फरार भएका पूर्व सैनिकलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति राम चन्द्र पन्त, जिल्ला धादिङ, गल्छी गाउँपालिका घर भई जिल्ला काठमाडौँ, तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा बसोबास गर्दै आएका ४० वर्षीय पूर्व सैनिक रहेका छन्।

प्रहरीका अनुसार २०८१ साल चैत २९ गते काठमाडौं महानगरपालिका २८ स्थित एक गेष्ट हाउसको कोठामा जिल्ला नुवाकोट, सूर्यगढी नगरपालिका १ घर भई काठमाडौं, तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने २८ वर्षीया बिमला तामाङ मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा तामाङको हत्या गरी अभियुक्त पन्त फरार भएका थिए।

प्रहरीले पन्तलाई भारतमा लुकीछिपी बसेको सूचना प्राप्त गरेपछि निगरानी बढाएको थियो। उक्त सूचनाका आधारमा, पन्त नेपाल फर्कने क्रममा २०८२ साल वैशाख ३० गते दिउँसो ३:४० बजे काठमाडौंको नागढु‌ङ्गाबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपील राज बोहराका अनुसार पक्राउ परेका व्यक्ति पूर्व सैनिक रहेको र घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार