• ट्रेण्डिङ :

२० लाख २९ हजार रकम सहित एक युवक पक्राउ

२० लाख २९ हजार रकम सहित एक युवक पक्राउ

cnewsnepal

आइतबार, जेष्ठ ४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


४ जेठ,काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा नेपाली नगदसहित विभिन्न सामग्री बरामद गरेको छ।

पक्राउ परेका युवक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४, पलाती स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–३२, पेप्सीकोलामा बस्दै आएका २४ वर्षीय संजय बस्नेत रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार संजय बस्नेतलाई कानूनअनुसार खानतलासी गरी नियन्त्रणमा लिइएको हो।

प्रहरीले संजय बस्नेतको साथबाट नगद रु. २० लाख २९ हजार ६२० बरामद गरेको छ। उक्त रकममा १००० दरका १,७७९ थान नोटबाट रु. १७ लाख ७९ हजार, ५०० दरका ५०१ थान नोटबाट रु. २ लाख ५० हजार ५ सय, १० दरको १ थान नोटबाट रु. १०० र २० दरको १ थान नोटबाट रु. २० रहेका छन्।

यससँगै प्रहरीले संजय बस्नेतको साथबाट एपल कम्पनीको आईफाेन १४ प्राे  मोवाइल १ थान र विभिन्न बैंकका हस्ताक्षर गरिएका तथा खाली चेक ३० थान समेत बरामद गरेको छ।

प्रहरीले पक्राउ परेका बस्नेतलाई नियन्त्रणमा लिई हुण्डी कारोबार सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार