• ट्रेण्डिङ :

जयबागेश्वरीमा जुवातास खेल्दै गरेकाे अवस्थामा सात जना पक्राउ

जयबागेश्वरीमा जुवातास खेल्दै गरेकाे अवस्थामा सात जना पक्राउ

cnewsnepal

आइतबार, जेष्ठ ४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


४ जेठ,काठमाडौं ।  काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोषको अमालकोटको पाले सुत्ने घरमा जुवातास खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूबाट एक लाख सात हजार नौ सय पन्ध्र रुपैयाँ नगद र चार बुक तास बरामद गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, विशेष सूचनाका आधारमा प्रहरी टोली उक्त स्थानमा पुगेको थियो। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेकाहरूमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी बस्ने ६६ वर्षीय भीम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वर राज भण्डारी, ४५ वर्षीय अनुज संगत, ५६ वर्षीय बुद्धि तामाङ, धादिङ गजुरी गाउँपालिका–८ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय देवी बहादुर अधिकारी र बागलुङ बेशीखोला गाउँपालिका–१ घर भइ काठमाडौंमा बस्दै आएका ५४ वर्षीय रेशम सिजाली रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपील राज बोहराले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गर्दै उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए। प्रहरीले जुवातास प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार