४ जेठ,काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका-१६ पकनाजोल क्षेत्रबाट १०६० ग्राम अफिम जस्तो देखिने कालो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति रोल्पा जिल्लाका सुनिल स्मृति गाउँपालिकाका हुन्। ४५ वर्षीय रुद्र बहादुर थापा र ३६ वर्षीय राकेश परियारलाई लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट अफिम जस्तो देखिने कालो पदार्थका साथै तीनवटा मोबाइल, टेप रोल र कालो रङको लेदर झोलासमेत बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपील राज बोहराले भने, “सूचनाका आधारमा हाम्रो टोलीले लागू औषधको कारोबार भइरहेको स्थानमा छापा मारी १०६० ग्राम अफिम जस्तो देखिने कालो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। लागू औषध कारोबारविरुद्धको हाम्रो अभियान जारी रहनेछ।”