५ जेठ,हेटौंडा । मकवानपुरकाे हेटौंडावाट चाेरी भएकाे दुई वटा ट्रक प्रहरी फेला पारि सम्बन्धित धनीलाई बुझाएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने ४१ वर्षीय ईश्वर बलामीको ना ३ ख ७३२० नम्बरको ट्रक र सोही जिल्लाको वडानम्बर ३ बस्ने ४६ वर्षीय हरि बहादुर डंगोलको मे १ ख १४५७ नम्बरको ट्रक चोरी भएको थियाे ।
बलामीको ट्रक २०७९।०१।३० गते नवलपुरस्थित वडानम्बर ११ मा रहेको ग्यारेजबाट चोरी भएको थियो भने डंगोलको ट्रक २०७९।०२।०१ गते आफ्नै घर अगाडिबाट हराएको थियो। चोरीको सूचना प्राप्त भएलगत्तै सुरक्षाकर्मीले खोजतलास सुरु गरेका थिए।
प्रहरीले अनुसन्धानका क्रममा दुबै ट्रकलाई चितवनको खैरहानी नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गको किनारमा फेला पारेको हो। त्यसपछि ट्रकहरूलाई प्रहरी कार्यालयमा ल्याई, धनीहरूलाई बोलाई सनाखत गराई बुझाइएको छ।
चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।