• ट्रेण्डिङ :

वीरगन्जबाट ठूलो परिमाणमा लागुऔषध बरामद

वीरगन्जबाट ठूलो परिमाणमा लागुऔषध बरामद

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


६ जेठ ,पर्सा । प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार वीरगन्ज–२ स्थित भगुवा नाकाबाट ट्रामोल ५० एमजीका ८१ हजार ४ सय ९० ट्याब्लेट बरामद गरेको हो।

प्रहरीका अनुसार शंकास्पद गतिविधि देखेपछि जाँच गर्न खोज्दा दुई जना व्यक्ति लागुऔषध फालेर भारततर्फ भागेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन नसकिए पनि छाडिएको झोलाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार