७ जेठ,काठमाडौं । भद्रकालीस्थित जिल्ला सरकारी वकिल कार्यालय नजिकैबाट एक थुनुवा फरार भएका छन्। प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका २४ वर्षीय निशान परियार परिसर लान्ने क्रममा मूल गेटबाटै भागेका हुन्।
प्रहरीका अनुसार परियार अभद्र व्यवहार मुद्दामा थुनामा परेका थिए। फरार भएपछि प्रहरीले तत्काल सर्च अपरेशन सुरु गरे पनि हालसम्म उनलाई फेला पार्न सकेको छैन।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोरा भन्छन्, “घटना भएको तत्कालपछि सम्पूर्ण इकाइलाई सतर्क बनाइएको छ र सीसीटीभी फुटेजसहित आसपासका क्षेत्रहरूमा व्यापक रुपमा खोजी भइरहेको छ। थुनुवा फरार हुनु गम्भीर विषय हो, यसमा कसको लापरवाही भयो भन्नेबारे पनि आन्तरिक छानबिन सुरु गरिएको छ।”
उनका अनुसार परियारको खोजीमा विशेष टोली परिचालन गरिएको छ र सर्वसाधारणलाई पनि सतर्क रहन तथा जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।