• ट्रेण्डिङ :

५४ लाख बराबरको अवैध सामानसहितको ट्रक पथलैया बुझाइयो

५४ लाख बराबरको अवैध सामानसहितको ट्रक पथलैया बुझाइयो

cnewsnepal

शुक्रबार, जेष्ठ ९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


९ जेठ, काठमाडौँ। बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित चेकपॉइन्टबाट प्रहरीले अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

२०७९ जेष्ठ ९ गते बिहान करिब २:३० बजे ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक राजन सिवाकोटीको कमाण्डमा खटिएको टोलीले बीरगंजबाट रुपन्देहीतर्फ गइरहेको ना–५ ख ६७४७ नम्बरको ट्रक चेकजाँच गर्दा बिल–बिजकभन्दा बढी सामान फेला परेको हो।

प्रहरीका अनुसार कपडा, लङ, धागो, चप्पललगायत विभिन्न प्रकारका खुद्रा सामानको स्रोत नखुलेकोले अन्दाजी मूल्य ५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ बराबरको ती सामान नियन्त्रणमा लिइएको हो। आवश्यक कारबाहीका लागि उक्त ट्रकमा रहेको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार