• ट्रेण्डिङ :

कोटेश्वरबाट सुन, चाँदी र ठूलो परिमाणको नगदसहित एक जना पक्राउ

कोटेश्वरबाट सुन, चाँदी र ठूलो परिमाणको नगदसहित एक जना पक्राउ

cnewsnepal

शनिबार, जेष्ठ १० २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं – काठमाडौंको कोटेश्वर क्षेत्रबाट प्रहरीले सुन र चाँदी जस्तो देखिने धातु तथा लाखौं रुपैयाँ नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार २०८२ साल जेठ ९ गते साँझ ५ः३० बजे कोटेश्वरस्थित सेती ओपी मार्गबाट प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने व्यक्ति भारत, महाराष्ट्र सोलापुर घर भई हाल काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा बसोबास गर्दै आएका २७ वर्षीय योगेश श्रीमंत मगर हुन्। उनी श्रीराम ज्वेलर्सका सञ्चालक समेत रहेका छन्।

प्रहरीले मगरको साथबाट बरामद गरेको सामग्रीमा सुन जस्तो देखिने पहेंलो धातु ७३४.२९ ग्राम, चाँदी जस्तो देखिने सेतो धातु ९ केजी ५०० ग्राम र नगद रकम रू. २८,९३,००० (अक्षरेपी अट्ठाइस लाख त्रियानब्बे हजार) रहेको जनाइएको छ।

हाल उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको र बरामद सामग्रीहरूको परीक्षण तथा सत्यतथ्य बुझ्ने प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार