• ट्रेण्डिङ :

नागढु‌ङ्गाबाट १२.१७६ किलोग्राम चाँदीकाे गरगहना बरामद, एकजना पक्राउ

नागढु‌ङ्गाबाट १२.१७६ किलोग्राम चाँदीकाे गरगहना बरामद, एकजना पक्राउ

cnewsnepal

मंगलबार, जेष्ठ १३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१३ जेठ,काठमाडौं । काठमाडौँको चन्द्रगिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टमा प्रहरीले चाँदी जस्तो देखिने १२.१७६ किलोग्राम गरगहना बरामद गरेको छ।

बिल-बीजकबिनाका ती गरगहना सहित एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बा.प्र.०१–००३ ख ३७०१ नम्बरको बसलाई चेकजाँच गर्दा बसका सहचालक बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ निवासी ३२ वर्षीय अनिश कुमार सिंहको साथबाट गरगहना बरामद गरिएको हो।

सिंहले गरगहना बसमा लुकाईछिपाई ल्याएका थिए। बरामद गरगहनामा सिक्री, चन्द्रमा, पाउजुजस्ता वस्तुहरू छन् भने ती गरगहना कुनै आधिकारिक बिल वा कागजातबिना ल्याइएको प्रहरीको भनाइ छ।

हाल सिंहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार