• ट्रेण्डिङ :

रुपन्देहीमा भन्सार छलीका ११ लाखभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा

रुपन्देहीमा भन्सार छलीका ११ लाखभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा

cnewsnepal

आइतबार, जेष्ठ १८ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


१८ जेठ,रुपन्देही । भारतबाट नेपाल तर्फ अवैध रूपमा भन्सार छली गरी चोरी पैठारी गरिएका करिब ११ लाख २२ हजार रुपैयाँ बराबरका विभिन्न सामानहरू जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी इकाइहरूले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका छन्।

जिल्लाका विभिन्न नाका तथा भित्री क्षेत्रहरूमा चेकजाँच तथा निगरानी गर्ने क्रममा अवैध रूपमा ल्याइएका सवारीसाधन, पशुजन्य वस्तु, खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, मोबाइल कभरजस्ता सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामग्रीहरूमा ३ वटा पाडा, १५० केजी बोईलर कुखुरा, चिनी १० बोरा, बच्चाका जुत्ता–चप्पल ३९ जोर, तन्ना ३८ पिस, मोबाइल कभर ४५० पिस, विभिन्न ब्राण्डका मोटरसाइकल र एउटा बलेरो पिकअप गाडीसमेत रहेका छन्।

पाडा र पिकअप गाडी: रू. ५ लाख १० हजार  चिनी, जुत्ता–चप्पल, मोटरसाइकल   १ लाख ९७ हजार ५ सय कुखुरा र मोटरसाइकल:  १ लाख २२ हजार,तन्ना र मोटरसाइकल: रू. १लाख ३६ हजा, ६ सय,चिनी र मोटरसाइकलल६६ हजार र मोबाइल कभर  ९० हजार बरावर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै सामानहरू आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया, रुपन्देहीमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले अवैध व्यापार तथा चोरी पैठारी रोक्न प्रहरी सतर्क रहेको बताउँदै यस्ता गतिविधि नियन्त्रणका लागि चेकजाँच अझ कडा बनाइने बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार