• ट्रेण्डिङ :

अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार घुस लिन दुई सई फन्दामा

अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार घुस लिन दुई सई फन्दामा

cnewsnepal

बिहिबार, साउन ९ २०७६
पढ्न लाग्ने समय: < २ मिनेट


९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हाे ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भने सुचनाकाे अाधारमा पक्राउ गरिएकाे बताए ।

प्रवक्ता कोइरालाले भने,” प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेका छाै ।”

पक्राउ परेका दुवै जना महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत सई हुन ।

उनिहरूलाई काठमाडौं महानगपालिका ८ , मिथिला काबेली यातायात र अनलाइन डिलक्सको टिकट काउन्टर अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे कार्यालयले जनाएकाे छ ।

यसअघि २७ असारमा सवारी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने भन्दै एक लाख घुस लिने ४ प्रहरी जवान पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार