• ट्रेण्डिङ :

नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

cnewsnepal

शुक्रबार, जेष्ठ २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् ।

आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताउनुभएको छ । खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उहाँको भनाइ छ ।

इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको प्रहरीको भनाइ छ । खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार