• ट्रेण्डिङ :

टोखामा गोली हानेर लागुऔषध कारोबारी दुई भारतीय नागरिक पक्राउ

टोखामा गोली हानेर लागुऔषध कारोबारी दुई भारतीय नागरिक पक्राउ

cnewsnepal

मंगलबार, जेष्ठ २७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२७ जेठ,काठमाडौं । प्रहरीले दुई भारती लागुऔषध कारोबारीलाई गाेली हानेर पक्राउ गरेकाे छ ।

नेपाल प्रहरीको लागुऔषध ब्युरोका प्रहरीहरूले गाेली हानेर टाेखावाट दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेकाे स्राेतले जनाएको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले बताए । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।घाईते हुनेमा प्रहरी बरिस्ठ हव्लदार नबराज घिसिङ र
प्रहरी सहायक हव्लादार रबिन्द केसी छन् । घाईते काराेवारीकाे प्रहरीले नाम गाेप्य राखेकाे छ र अनुसन्धान गरिरहेकाे जनाएको छ ।

उनीहरूको साथबाट २०० ग्राम ब्राउन सुगर पनि बरामद गरेको छ

टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको एसएसपी कोइरालाले बताए । उनले भने, ‘आरोपीहरूको बायाँ खुट्टामा गोली लागेको छ ।’

प्रहरीले प्रहार गरेको ३ राउण्ड गोली कारोबारीलाई लागेको छ । प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उनिहरुलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएको एसएसपी कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार