• ट्रेण्डिङ :

यी हुन् ४ जना मध्य दुई जनालाई गाेली हानी पक्राउ गर्ने सफल भयाे

यी हुन् ४ जना मध्य दुई जनालाई गाेली हानी पक्राउ गर्ने सफल भयाे

cnewsnepal

मंगलबार, जेष्ठ २७ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२७ जेठ, काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको हाे ।

प्रहरीका अनुसार पक्राउ  परेकामध्ये दुई जनालाई नियन्त्रणको क्रममा गोली प्रहार गर्नु परेको प्रहरीले जनाएको छ।

भारतका सुमित कुमार (२०), चन्दन कुमार जैसवाल (२५), साशिक आलम (४०) र मोहमद मन्जुर आलम (२२) नामका चार जना युवालाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा खोजतलास गरिएको थियो।

आज अपराह्न २ बजे काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित सडकमा दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बाँकी दुई जना टोखास्थित ग्राण्डी अस्पताल पछाडि लुकेर बसेको भन्ने जानकारी प्राप्त भएको थियो। त्यसकै आधारमा प्रहरीले थप खोजी गर्दै जाँदा ३ बजेतिर ग्राण्डी अस्पताल पछाडि स्पिकरभित्र लुकाइएको करिब २०० ग्राम खैरो हेरोइन बरामद गरिएको जनाइएको छ।

पक्राउ प्रक्रिया क्रममा ती युवाहरूले फलामको रडले आक्रमण गर्दा प्रहरी जवान नवराज घिसिङको घुँडामा र रबिन्द्र केसीको पाखुरामा चोट लागेको छ। घटनास्थलमा तनाव बढेपछि प्रहरी टोलीले पहिला ४ राउण्ड हवाई फायर गरेको र आक्रमण नरोकेपछि आत्मरक्षाको लागि थप ३ राउण्ड गोली फायर गरिएको हो।

गोली लागेर साशिक आलमको बायाँ खुट्टामा एक राउण्ड र मोहमद मन्जुर आलमको बायाँ खुट्टामा दुई राउण्ड गोली लागेको प्रहरीले जानकारी दिएको छ। घाइतेलाई नेपाल प्रहरी अस्पतालबाट उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर रिफर गरिएको छ भने बाँकी दुईजनालाई प्रहरी नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार