• ट्रेण्डिङ :

पक्राउ परेका सांसद सिंहबारे अख्तियारले भन्योः उपभोक्ताको रकम निजी सचिवमार्फत झिके, श्रीमतीको खातामा राखे

पक्राउ परेका सांसद सिंहबारे अख्तियारले भन्योः उपभोक्ताको रकम निजी सचिवमार्फत झिके, श्रीमतीको खातामा राखे

cnewsnepal

शुक्रबार, जेष्ठ ३० २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


३० जेठ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सिंहलाई काठमाडौँ महानगरपालिका–१० रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरिएको हो ।

विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उनीहरुको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी बदमासी गरेको पाइएको आयोगले जनाएको छ ।

निजी सचिव र श्रीमतीको खातामा रकम
सांसद सिंहले उपभोक्ता समितिसँग बुझेको कमिसन श्रीमती र स्वकीय सचिवको खातामा राख्ने गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाइ उपभोक्ता समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाइ आफ्नो, श्रीमती र स्वकीय सचिवकै बैंक खातामा राखेर सरकारी रकम दुरुपयोग गरेको पाइएको अख्तियारको दाबी छ ।

प्रदेशसभा सदस्य सिंहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार