• ट्रेण्डिङ :

३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर र ठगी मुद्दाका तीन फरार प्रतिवादी विभिन्न स्थानबाट पक्राउ

३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर र ठगी मुद्दाका तीन फरार प्रतिवादी विभिन्न स्थानबाट पक्राउ

cnewsnepal

आइतबार, असार १ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१ असार,काठमाडौं । कुल रु. ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएको बैंकिङ कसुर, चेक अनादर तथा ठगी मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल राज बोहोराका अनुसार, रु. १६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार मुना खातुन श्रेष्ठ (४५), बुढानिलकण्ठ नगरपालिका–१०, भंगाल बसोबास गर्दै आएकी थिइन्, उनलाई ललितपुरको ठेचोबाट पक्राउ गरिएको हो।

त्यस्तै, भारतको कोलकत्ता प्रदेशस्थित कोलकत्ता रोड नं. २ निवासी, हाल काठमाडौंको कपनमा बस्दै आएका ३८ वर्षीय मोहमद अलि, जसविरुद्ध रु. ११ लाख बराबरको ठगी मुद्दा थियो, उनलाई ऐनै स्थानबाट पक्राउ गरिएको छ।

यस्तै, सर्लाहीको ईश्वरापुर नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–९, बत्तीसपुतली बस्दै आएका ६५ वर्षीय अर्जुन थापा, जसविरुद्ध रु. १२ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर तथा चेक अनादर मुद्दा दर्ता भएको थियो, उनलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

तीनै जनामाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार