• ट्रेण्डिङ :

गढवामा लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

गढवामा लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

cnewsnepal

शुक्रबार, असार ६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


६ असार,दाङ । गढवा गाउँपालिका–६ गढवा बजारस्थित कोईलाबास–गढवा सडकखण्डमा प्रहरी निरीक्षक डवल बहादुर बमको नेतृत्वमा खटिएको टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय गढवाबाट ट्राफिक सहित खटिएको प्रहरी निरीक्षक बमको कमाण्डमा रहेको ७ जनाको टोलीले भारततर्फबाट नेपाल प्रवेश गरिरहेको यूपी ४७ एएच ८७३९ नम्बरको मोटरसाइकललाई शंका लागि रोकी चेकजाँच गर्दा ‘अरालडाइट’ लेखिएको फेबिकलको कार्टुनभित्र लुकाइएको ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ फेला पारेको हो।

डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित ३.७५ ग्राम र प्लास्टिक हटाएर शुद्ध २.१० ग्राम तौल भएको पाइएको छ। भारत उत्तर प्रदेश बलरामपुर जिल्ला निवासी २९ वर्षीय मोटरसाइकल चालक मोहम्मद हकीम र पछाडि सवार ४० वर्षीय मोहम्मद हाफुलाई नियन्त्रणमा लिई हिरासतमा राखिएको छ।

यसअघि पनि डवल बहादुर बमकै टोलीले गढवा गाउँपालिका–५, ठुलिचौरमा लागुऔषधसहित ६.४६ ग्राम ब्राउन सुगर बरामद गर्दै तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार