१५ असार,काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका थुनुवा गोंगबु बसपार्कबाट पुनः पक्राउ परेका छन् ।
आइतबार थुनछेक बहसका अदालतमा उपस्थित गराइएका पश्चिम रुकुमका २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही शौचालयबाट फरार भएका थिए ।
उनी काठमाडौँमा गोंगबुमै बस्ने गरेका थिए । फरार भएलगत्तै प्रहरी परिचालन गरी उनलाई बसपार्कबाट पक्राउ गरिएको हो। शाही चोरी कसुरमा गत जेठ २० गते पक्राउ परेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार