• ट्रेण्डिङ :

सिन्धुलीमा लागू औषध गाँजासहित १ जना पक्राउ, १०७ किलोभन्दा बढी गाँजा बरामद

सिन्धुलीमा लागू औषध गाँजासहित १ जना पक्राउ, १०७ किलोभन्दा बढी गाँजा बरामद

cnewsnepal

सोमबार, असार १६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१६ असार,काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ स्थित झनझने प्रहरी चेकपोष्टमा ठूलो परिमाणमा लागू औषध गाँजा बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार,  प्र.ना.नि. प्रकाश भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो।

प्रहरीले हेटौंडाको कुलेखानीबाट सिन्धुली तर्फ गइरहेको बा.२-०३-००१ च. ५६७१ नम्बरको सिमेन्ट लोड बलेरो पिकअप गाडी जाँच गर्दा, सिमेन्टका बोराले छोपेर लुकाइएको अवस्थामा झण्डै १०७.११ किलोग्राम गाँजा फेला पारेको हो। उक्त सवारी साधन जिल्ला रौतहट, गरुडा नगरपालिका–४ का १९ वर्षीय गोपाल साहले चलाइरहेका थिए।

बरामद गरिएको गाँजा ७ वटा छुट्टाछुट्टै पोका (अन्दाजी १५ केजी बराबर) मा प्याक गरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
चालक गोपाल साहलाई पक्राउ गरी सवारी साधनसहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।

प्रहरीले लागू औषध कारोबार नियन्त्रणका लागि निगरानी र चेकजाँच कार्यलाई अझ कडा बनाउने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार