२२ असार,दाङ । ईलाका प्रहरी कार्यालय गडवा र वडा प्रहरी कार्यालय लमहीको संयुक्त टोलीले दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ।
दाङ जिल्ला गडुवा गाउँ पालिका वडा नम्बर ६ खवरीवाट पाटे बाघकाे छाला सहित तीन जनालाई पक्राउ गरेकाे हाे ।
प्राप्त स्रोतका अनुसार बरामद गरिएको पाटे बाघको छाला करिब ९ फिट २ इन्च लामो र २ फिट ३ इन्च चौडाइको रहेको छ।
पक्राउ परेकाहरूमा दाङ गडवा गाउँपालिका–६, खवरी निवासी ४१ वर्षीय विक्रम वुढा मगर उनी व्यवसाय र घर पेटी हुन् । त्यस्तै प्रहरीले दाङ राजपुर गाउँपालिका–१, गुरुङ खोला निवासी ५३ वर्षीय केशव राज सेन ठकुरी, र बर्दिया, बारबर्दिया नगरपालिका–४, पदनाह निवासी ३३ वर्षीय अनिल थारू रहेका छन्।
स्रोतका अनुसार, सेन र थारू उक्त छालाको व्यापारी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
गडवा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डवल बहादुर बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूलाई हाल वडा प्रहरी कार्यालय लमही राखिएको छ। स्रोतका अनुसार, उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी छाला सहित डिभिजन वन कार्यालय, लमहीमा बुझाउने तयारी भइरहेको छ।